उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले भौतिक पूर्वाधार निर्माणका कामलाई अगाडी बढाउँदा भूगर्भ विज्ञानको अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।
आइतबार दशौँ नेपाल भौगर्भिक सम्मेलन २०२१ को उद्घाटन गर्दै राज्यमन्त्री विकले सरकारले विकास निर्माण र भौतिक संरचना निर्माणका धेरै कामहरु अगाडी बढाएको भन्दै ती कामहरुलाई व्यवस्थित ढंगले अगाडी बढाउनको निम्ति भूगर्भ विज्ञानको सही अध्ययन, अन्वेषण गर्नुपर्ने आवश्यकता रहेको बताएकी हुन् । विकास निर्माणका कामलाई दुरगामी गराउन र देशलाई समृद्ध बनाउनको निम्ति सरकारले गर्ने कामहरुलाई भूगर्भ विज्ञानसँग जोडेर व्यवस्थित गर्नैपर्ने उनको भनाइ छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भौतिक संरचना भूकम्प प्रतिरोधी नभएका कारण भूकम्पको धेरै क्षति व्यहोर्नुपरेको बताए । पुनर्निर्माणमा भूगर्भको अध्ययन हुनुपर्नेमा पनि उनको जोड छ ।
पछिल्लो समय सरकार र इन्जिनियरिङ क्षेत्रमा भूगर्भको अध्ययन गर्नुपर्ने बुझाइ क्रमशः बढ्दै गएको भन्दै ज्ञवालीले यसको निम्ति भूगर्भविद्हरुको योगदान महत्वपूर्ण हुने बताए ।





























प्रतिक्रिया