काँग्रेसद्वारा संसद् बैठक अवरुद्ध

काँग्रेसद्वारा संसद् बैठक अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

कांग्रेस सचेतक पुष्पा भुषालले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेकी थिइन् । 

त्यस लगत्तै कांग्रेसले बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

यस अघि प्रचण्ड नेपाल समूहका सांसदहरूले पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक बहिष्कार गरेका थिए ।

Logo