सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा श्रीकुमारी क्लबले नयाँबस्ती युवा क्लबलाई पराजित गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा श्रीकुमारीले नयाँबस्ती युवा क्लबलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।
श्रीकुमारीलाई जित दिलाउन आशिष राईले दुई गोल गरे । पम्बा योल्मु र विवेक पुनले एक/एक गोल गरे । नयाँबस्तीका विवेक गुरुङ, साजन राई र सुमन राईले एक/एक गोल फर्काए ।
जितसँगै श्रीकुमारीले १० खेलमा ११ अंक जोडेको छ । श्रीकुमारी आठौं स्थानमा उक्लिएको छ । नयाँबस्ती १० खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।





























प्रतिक्रिया