माओवादीले विश्वासको मत फिर्ता लिए अरू दलसँग सहकार्य गर्छु : प्रधानमन्त्री ओली

माओवादीले विश्वासको मत फिर्ता लिए अरू दलसँग सहकार्य गर्छु : प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतालाई कानूनी र व्यवहारिक रुपमा जोगाउन नसकिएको बताएका छन्। आइतबार साँझ बालुवाटारमा बसेको आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले नेकपाको नामका सम्बन्धमा सर्वोच्चले गरेको फैसलालाई कार्यान्वयन गर्ने बताएका हुन्।

'नेकपाको एकतालाई कानूनी र व्यवहारिक रुपमा टिकाउन सकिएन। सर्वोच्चले संसद् पुनःस्थापना गरेको विषयलाई पनि कार्यान्वयन गरिरहेका छौं, अहिले पार्टीको अस्तित्वका सम्बन्धमा गरेको फैसला पनि कार्यान्वयन गर्छौं,' ओलीको भनाई उद्धृत बैठकमा सहभागी एक सांसदले भने।

बैठकमा उनले सर्वोच्चको फैसलापछि आफूहरुले एकता गरेर बनाएको नेकपा अस्तित्वमा नरहेकाले अब पार्टी आधिकारिक रुपमै पहिलेको अवस्थामा फर्किएको बताए। प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले आफूलाई दिएको विश्वासको मत फिर्ता लिए आफूले विश्वासको मतका लागि अन्य दलसँग सहकार्य गर्ने समेत ओलीको भनाइ छ। अन्य निर्णय केन्द्रीय कमिटीको बैठकबाट गर्नेगरि ओली पक्षीय संसदीय दलको बैठक सकिएको थियो।  

स्रोतका अनुसार ओलीले सभामुख अग्निप्रसाद सापकोटाको समेत आलोचना गरेका थिए। सभामुख सापकोटाले एउटा दलको सदस्यजस्तो व्यवहार देखाएको ओलीको आरोप छ। बैठकमा उनले सभामुख सापकोटाले आइतबारको संसद् बैठकमा दिएको अभिव्यक्तिको आलोचना गरेको स्रोतले जनाएको छ।

सभामुखले संसद् बैठक सुरु भएलगत्तै सर्वोच्चले संसद् पुनःस्थापना गरेको विषयलाई सम्बोधन गरेका थिए। सर्वोच्च अदालतले आइतबार नै सत्तारूढ नेकपाको नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको थियो।नागरिकबाट

Skip This
Skip This
Logo