प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको प्रधानमन्त्री भन्ने कुरा सर्वोच्चलाई सोध्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा नेकपा नेता भिम रावलले राखेको प्रश्नप्रति लक्षित हुँदै प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन् । आफूले सधैं सर्वोच्चको फैसलालाई स्वीकार गर्दै आएको बताउँदै उनले प्रतिनिधिसभाको पुनर्स्थापना सांसदहरुले झगडा गर्नका लागि भएको आरोप लगाए ।
हिजो त्यहि सर्वोच्चले गरेको निर्णयमा खुशी हुँदै लड्डु खानेहरु आज सर्वोच्चको निर्णय मान्दिन भन्दै हिडेकोप्रति अचम्म लागेको भन्दै ओलीले आफूले धेरैजसो मुद्दा हारेपनि सर्वोच्चको फैसलालाई सधैं मान्ने बताए ।
१११ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा बोल्दै साेमबार उनले यस्तो बताएका हुन् । आफूले महिला र पुरुषबीच हुने असमानता र भेदभावरहित समाज निर्माणका लागि प्रयास गरिरहेको तर यसकै विरोध गर्नेहरु बढीरहेकाले अब एकदिन दिवसको रुपमा मात्र नारी दिवस मनाएर नहुने ओलीको भनाइ थियो ।
सरकारको एक्लै प्रयासले मात्र असमानताको अन्त्य नहुने र समानताका लागि सबैले म हिंसा गर्दिन भन्ने मान्यता बोक्नु पर्ने उनको सुझाव थियो । अन्याय अत्याचार अन्त्यका लागि महिला र पुरुष दुवै उतिकै जिम्मेवार हुनु पर्नेमा पनि ओलीले जोड दिए ।





























प्रतिक्रिया