रघुजि पन्तविरुद्ध जिल्ला अदालत जाँदै कोमल वली

रघुजि पन्तविरुद्ध जिल्ला अदालत जाँदै कोमल वली

केन्द्रबिन्दु
0
Shares

आफूविरुद्ध भएको अवहेलना विषयलाई लिएर नेकपा राष्ट्रिय सभा सांसद तथा गायिका कोमल वलीले मंगलबार अदालतमा मुद्दा दायर गर्ने भएकी छिन् । 

नेकपा प्रचण्ड नेपाल समूहका नेता रघुजि पन्तविरुद्ध वलीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने भएकी हुन् । 

'बिहान ११ः३० बजे मुद्दा दायर गर्न अदालत जाँदैछु', वलीले केन्द्रबिन्दुसँगको संक्षिप्त कुराकानीमा भनिन् । 

केही दिन अघि नेता पन्तले वलीको नामै तोकेर पिंडुला देखाएको भरमा कोमल वलीलाई केपी ओलीले सांसद बनाइदिएको आरोप लगाएका थिए । 

यसविरुद्ध सर्वत्र आलोचना भएको थियो । यसै विषयमा सांसद वली अदालत जाने भएकी हुन् । 

Skip This
Skip This
Logo