आज बोलाइएको नेकपा एमाले सचिवालयको बैठक स्थगित

आज बोलाइएको नेकपा एमाले सचिवालयको बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

आज बस्न भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

आज बिहानको लागि बोलाइएको उक्त बैठक तयारी नपुगेकाले स्थगित गरिएको महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।

महासचिव पोखरेलले माधव नेपाल‚ झलनाथ खनाललगायत नेताहरु एमालेमा फर्किने निर्णय गर्नुअघि नै आज बिहान ९ बजेको लागि बैठक बोलाएका थिए ।

नेपाल‚ खनाललगायतका  नेताहरु एमालेमा नै फर्किएपछि थप तयारी गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको बताइएको छ ।

Logo