ललितपुरमा रहेको कुमारी छें र कुमारी घर पुनर्निर्माण हुने भएको छ । ०७२ सालको भूकम्पले क्षतिग्रस्त रहेको ललितपुरस्थित कुमारी छेँ र कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निर्माण हुने भएको हो ।
मंगलबार भारतीय राजदूत विनय मोहन क्वात्राले ललितपुर महानगरपालिका वडा नं. १६ मा रहेको कुमारी छेँ र कुमारी निवासको शिलान्यास गरे। विशेषगरी माटो र काठबाट निर्माण गरिएको कुमारी घर भूकम्प पश्चात क्षतिग्रस्त बनेको थियो ।
भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४ करोड ५५ लाख ९४ हजार ९ सय ८५ रुपैँयाँ ३२ पैसाको लागतमा भइरहेको भौतिक संरचनाको पुनर्निर्माण र नयाँ कुमारी घर निर्माण गर्न लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाइ भवन आयोजना निर्देशक श्याम किशोर सिंहले बताए।
भौतिक संरचनाहरु पुरानै मौलिक स्वरुपमा बनाउने र सिमेन्ट डन्डीको प्रयोग नगरिने उनले बताए। डेढ वर्षमा सम्पन्न गरिसक्ने गरि बनाउन लागिएको भवन भूकम्प प्रतिरोधी बनाइने उनको भनाइ छ ।





























प्रतिक्रिया