जसपाले कसैसँग पनि उधारो सहमति नगर्ने

जसपाले कसैसँग पनि उधारो सहमति नगर्ने

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीले सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधन लगायत मुद्दालाई सम्बोधन गर्ने पक्षलाई सरकार गठनमा समर्थन गर्ने संकेत गरेको छ । 

जनता समाजवादी पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले आफ्ना एजेण्डालाई केन्द्रमा राखेर छलफल अघि बढाउने निर्णय गरेको हो । सांसद रेशम चौधरीको रिहाई, मधेस थरुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायत सबै सवाललाई केन्द्रमा राखेर छलफल गर्ने र माग सम्बोधन हुने विश्वसनिय आधार भएपछि मात्रै पार्टीले सरकार गठनबारेको निर्णयमा पुग्ने सांसद राजेन्द्र महतोले जानकारी दिए। उनले विगतमा आफ्ना माग सम्बोधन गर्ने आश्वासन दिएपनि कांग्रेस र कम्युनिष्ट दुवैले छलछाम गर्ने गरेको उल्लेख गर्दै यसपटक भने “उधारो सहमति” कसैसँग नहुने स्पष्ट पारे ।

उनले सबैपक्षसँग वार्ता गरि अवस्था बुझेर मात्रै पार्टीले आवश्यक निर्णय लिने बताए। तत्काल अपर्झट कुरा गर्नुपर्ने भएकाले दुईजना साथीलाई त्यसको नेतृत्व गर्न पठाएको र पछि पार्टीले वार्ता समितिलाई औपचारिक रुपले पूर्णता दिने पनि उनले जानकारी दिए। उनले बुधबार सम्म वार्ता समितिलाई पूर्णता दिइने बताए।

जनता समाजवादी पार्टी संसदीय दलको औपचारिक बैठक मंगलबार पहिलो पटक बसेको हो । संसदीय दलको वरिष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकसँगै राष्ट्रिय जनतापार्टी नेपाल र समाजवादी पार्टीको संसदीय दल विघटन भएर जनता समाजवादी पार्टीमा औपचारिक रुपमा समायोजन भएको छ । बैठकमा दल संचालनका लागि नेता चयन र संसदीय समिति गठनको लागि विधानको मस्यौदा बनाई वितरण गरिएको र अर्को बैठकले विधान पारित गरेर संसदीय दलको नेता चयन गर्ने सांसद महतोले जानकारी दिए।

Logo