नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुङ्गाना

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुङ्गाना

केन्द्रबिन्दु
0
Shares

सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुङ्गानालाई नियुक्त गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नरमा मिश्र र ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो। 

फागुन १८ गतेदेखि तत्कालीन डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको पदावधि सकिएपछि सो पद रिक्त भएको थियो । 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा नियुक्त गरिएको हो। नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयका उच्च अधिकारीले डेपुटी गभर्नरद्वयको नियुक्तिको पुष्टि गर्दै नाम भने उल्लेख गर्न चाहेनन् ।

Logo