राप्रपाद्वारा प्रदेश अध्यक्ष र उपाध्यक्ष नियुक्त

राप्रपाद्वारा प्रदेश अध्यक्ष र उपाध्यक्ष नियुक्त

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाँचवटा प्रदेशमा प्रदेश अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको छ । पार्टीको विधान अनुसार उनीहरुलाई नियुक्त गरिएको हो ।

नियुक्त भएका मध्ये प्रदेश १ अध्यक्षमा राम थापा र उपाध्यक्षमा सगुनसुन्दर लावती रहेका छन् । यस्तै प्रदेश २ को अध्यक्षमा रामचन्द्र राय र उपाध्यक्षमा महेशलाल महासेठ तथा गण्डकी प्रदेशको अध्यक्षमा हेमजंग गुरुङ र उपाध्यक्षमा महेश्वर रोक्का रहेका छन् । 

यसैगरि लुम्बिनी प्रदेश अध्यक्षमा प्रदीपकुमार उदय र उपाध्यक्षमा कैलाश गुरुङ तथा कर्णाली प्रदेश अध्यक्षमा दीपबहादुर शाही र उपाध्यक्ष जनकसिंह ठकुरी नियुक्त भएको राप्रपाले जनाएको छ ।

Logo