अधिकांश मानिसहरूको निम्ति हिममानव बनाउनु कडा श्रमको काम हो। तर अमेरिकास्थित कोलोराडोको एक परिवारले बनाएको हिमसर्पको प्रतिमा निर्माणको कथा रोचक छ।
मोर्न मोस्लेय र उनका पाँच जना भाइबहिनीहरूले यो वर्ष १० घण्टा लगाएर तयार पारेको हिम सर्पको प्रतिमाले स्थानीय मानिसहरूमा प्रसन्नता दिएको छ। आफूले बनाएको बाघको मूर्ति स्थानीय सञ्चारमाध्यमहरूमा व्यापक रूपमा शेयर भएपछि उक्त परिवारले सन् २०१९ मा लोकप्रियता कमाएको थियो।
सर्पको आकार ७७ फिट लामो छ। जुन मोस्लेयकी आमाको घरको अगाडिको उद्यानमा राखिएको छ। उनले सामाजिक सञ्जालमा राखेको भिडियो फुटेजमा उनको समूहले उक्त सर्पको प्रतिमा निर्माणमा गरेको परिश्रम देखिन्छ।
उक्त समूहले सुरुमा जनावरको आकार तयार पार्छ अनि रङ्ग र त्यसमा छाया थप्न पेन्ट स्प्रे गर्छ। उनले भने, ‘मेरो बुवाले हामी सानै छँदा हामीसँगै मिलेर त्यस्तै बनाउने गर्नुहुन्थ्यो। हामीले रमाइलोको निम्ति नै बनाउँदै आएका छौँ।’ त्यो बाटो हुँदै हिँड्ने र छिमेकीलाई त्यसले निकै आकर्षित गरेको छ। उनीहरू त्यहाँ पुगेपछि अडिन्छन्।
‘उहाँहरू सबै फोटो खिच्न रोकिनुहुन्छ’, मोस्लेयले सुनाए। उनको फेसबुक पेजमा कैयौँ मानिसहरूले आफूहरूले त्यो हिमकला हेरेको उल्लेख गर्दै उक्त परिवारको अद्भुत कामको प्रशंसा गरेका छन्। एक जना अवलोकनकर्ताले प्रतिक्रिया दिएका छन्, ‘अब तपाईंहरूले आउँदो वर्ष के बनाउनु हुन्छ हेर्ने उत्सुकता छ।’
मोस्लेय परिवारले सन् २०१९ मा बाघको मूर्ति बनाएका थियो। त्यसको पनि सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो। बीबीसीबाट





























प्रतिक्रिया