देउवाद्वारा गुल्मीका पूर्वउपसभापति थापाको निधनप्रति दुःख व्यक्त

देउवाद्वारा गुल्मीका पूर्वउपसभापति थापाको निधनप्रति दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुल्मीका पार्टी पूर्वउपसभापति लक्ष्मणसिंह थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेपाल विद्यार्थी सङ्घका संस्थापक केन्द्रीय सदस्य थापाको बुधबार ७२ वर्षको उमेरमा गुल्मी दरबार गाउँपालिकास्थित निवासमा निधन भएको हो। 

सभापति देउवाले शोक सन्देशमार्फत थापाले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको सक्रिय योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पणका साथै  शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।   

नेपाल शिक्षक सङ्घ गुल्मीका संस्थापक अध्यक्ष थापाले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । बिपी विचार समाजका जिल्ला अध्यक्ष थापाको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ।

Logo