नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाने भएका छन् । राष्ट्रिय दलित पत्रकार संघको प्रथम सम्मेलन उद्घाटन गर्न उनी रुपन्देहीको बुटवल जान लागेका हुन् ।
सम्मेलनका लागि देशभरबाट ३ सय भन्दा बढी दलित पत्रकारहरु बुटवल पुगेका छन् । तीन दिनसम्म चल्ने सम्मेलनलाई प्रचण्डसहित एमालेका नेता घनश्याम भुसाल, छविलाल विश्वकर्मा र कांग्रेस नेता मिन विश्वकर्मा लगायतले सम्वोधन गर्ने बताइएको छ ।
'पार्टी सुदृढीकरण गर्न देशव्यापी अभियान चलाउने छु' : दाहाल
यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सुदृढीकरण गर्न देशव्यापी अभियान चलाउने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित नयाँ नमूना स्वास्थ्यकर्मी संघको भेलामा उनले फेरि पनि जनतासँग जोडिने गरि पार्टीलाई सशक्त बनाउने सोचका साथ अगाडि बढेको बताए ।
अब आफू राजधानी बस्नेभन्दा पनि पार्टी सुदृढीकरणको अभियानमा देशव्यापीरुपमा खटिने जानकारी दिँदै उनले मुलुकका लागि फेरि पनि बलिदान गर्छौं भन्ने पूर्वसहकर्मीको भनाइले आफूलाई जनताको पक्षमा लाग्न थप ऊर्जा मिलेको बताए। “हिजो मुलुक परिवर्तनका लागि ज्यानको बाजी लगाएर सशस्त्र युद्धमा होमिएका साथीहरु आज विदेशी भूमिमा पसिना बगाउन बाध्य छन्, तर पनि उनीहरु मुलुकका लागि बलिदान गर्न परे फेरि स्वदेश फर्कन्छौँ भन्दैछन्”, अध्यक्ष दाहालले भने ।





























प्रतिक्रिया