काठमाडौं ।
ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक बुधबारदेखि उडान सुरु गरेको छ ।
कोरोना महामारीका कारण गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान स्थगित गरिएको थियो । नेपाल एयरलाइन्सका ताप्लेजुङ स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बूले १९ जनाको क्षमताको उडानमा काठमाडौँदेखि चार जना यात्रु लिएर आएको नेपाल एयरलाइन्स ताप्लेजुङको सुकेटारदेखि भने रित्तै फर्किएको जानकारी दिए।
यात्रुको अनिवार्य कोरोना नेगेटिभ रिपोर्ट आवश्यक पर्ने भएकाले बुधबार सीमित यात्रु ल्याएको हो । काठमाडौंदेखि ताप्लेजुङसम्मको भाडा ६ हजार ८ सय ४० रुपैयाँ तोकिएको छ भने ताप्लेजुङदेखि काठमाडौंको भाडा ६ हजार ७ सय ४० रुपैयाँ तोकिएको छ ।





























प्रतिक्रिया