अनेमसंघले वृहद राष्ट्रिय महिला कार्यकर्ता भेला गर्ने

अनेमसंघले वृहद राष्ट्रिय महिला कार्यकर्ता भेला गर्ने

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल महिला संघ (अनेमसंघ) ले १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार वृहद राष्ट्रिय महिला कार्यकर्ता भेला गर्ने भएको छ।

अनेमसंघले शुक्रबार पत्रकार सम्मेलन गरि भेला बारे जानकारी गराएको हो। भेलामा मुलुकभरबाट दश हजार अगुवा महिला कार्यकर्ताहरु सहभागी हुने अपेक्षा अनेमसंघले लिएको छ। भेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । 

“संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौं” भन्ने मुल नाराका साथ गर्न लागिएको भेलाले महिला हक हित तथा समानता र हिंसा मुक्त समाज निर्माणका लागि विभिन्न ५ बुँदे घोषणा पत्र जारी गर्ने अनेम संघकी सचिव सुजीता शाक्यले जानकारी दिइन्।

अनेमसंघको संयोजनमा साप्ताहिक रुपमा विभिन्न कार्यक्रम गरिनुको साथै फागुन २४ गते संघीय राजधानी काठमाडौंमा र्याली तथा सभा गरेको थियो।

Logo