काठमाडौं ।
कोरोनाका कारण स्थगित भएको कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार यो पटक शनिबारको दिन पनि परीक्षा सञ्चालन हुनेछ।
बोर्डले जनाए अनुसार विद्यार्थीको चाहना अनुसार होम सेन्टरमै परीक्षा सञ्चालन हुनेछ। कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ। कोरोना पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुटै स्थानको व्यवस्था गरिनेछ।
यो पटक परीक्षार्थीका लागि ४० अंकको लिखित परीक्षा हुनेछ। ४० अंक कक्षा ११ को पढाइलाई आधार मानेर प्रदान गरिने बताइएकाे छ। २० अंक भने स्कुल आफैंले मूल्यांकन गरेर प्रदान गर्नेछ । यस परीक्षामा ४ लाख ३२ हजार ५ सय सहभागी हुँदैछन्।































प्रतिक्रिया