उद्घाटन खेलमा खालीबारीको विजयी सुरुवात

उद्घाटन खेलमा खालीबारीको विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा खालीबारी युथ क्लबले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा झापा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै खालीबारीले सुखद सुरुवात गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा एक गोलको अग्रता उल्टाएर खालीबारीले जित निकालेको हो । खालीबारीलाई जित दिलाउन विपिन कँडेल र सुदिप केसीले एक एक गोल गरे ।

झापाका सरोज दोर्जी कार्कीले एक गोल फर्काए । जितसँगै खालीबारीले पहिलो खेलमा ३ अंक जोडेको छ । झापाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

Logo