काभ्रेमा फरार ४२ प्रतिवादी जेल चलान

काभ्रेमा फरार ४२ प्रतिवादी जेल चलान

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न आपराधिक घटनामा संलग्न भई फरार रहेका ४२ प्रतिवादीलाई पक्राउ गरेको छ ।

अदालतले मुद्दाको फैसलापछि फरारमा सूचीकृत ४२ प्रतिवादीलाई पक्रेर कैद तथा जरिवाना बेरुजु फछ्र्योटका लागि जिल्ला अदालत धुलिखेलमार्फत प्रहरीले कारागार चलान गरेको हो । 

पक्राउ परेकामा दुईदेखि छ वर्षसम्म फरार रहेकासमेत छन् । काभ्रेपलाञ्चोक प्रहरीले फागुन महिनामा फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गर्दा विभिन्न मुद्दाका ४२ फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी कुमारविक्रम थापाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरू लागूऔषध, वनपैदावार हानि–नोक्सानी, जातीय छुवाछूत तथा भेदभाव, बहुविवाह, चोरी–निकासी, ठगी, केही सार्वजनिक अपराध, सवारी ज्यान, सरकारी छाप दस्तखत कीर्ते मुद्दामा अदालतले फैसला सुनाइएका थिए ।

प्रहरीले एक महिनाको अवधिमा ११ महिलासहित ४२ फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

Logo