एन्फा प्रेसिडेन्ट लिग आजदेखि सुरु

एन्फा प्रेसिडेन्ट लिग आजदेखि सुरु

केन्द्रबिन्दु
0
Shares

एन्फा प्रेसिडेन्ट लिग फुटबल सोमबारदेखि नेपालगन्जमा सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता सात प्रदेशका लिग च्याम्पियन सात वटै टोलीको सहभागिता रहनेछ। 

प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, बागमती प्रदेशको धादिङ समाज, गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशको धम्बोझी युवा क्लब बाँके,कर्णाली प्रदेशको लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको च्याम्पियन स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गर्नेछन्।

लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ।   

Skip This
Skip This
Logo