चितवनमा ट्रक र बोलेरो ठोक्किँदा एक जनाको मृत्यु

चितवनमा ट्रक र बोलेरो ठोक्किँदा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका–१ का २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काँकडभिट्टाबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख १४२० नम्बरको तरकारी बोकेको ट्रक र विपरीत दिशाबाट गइरहेको बा१८च १३७१ नम्बरको बोलेरो राप्ती नगरपालिका–३ मार्तलपुल नजिक एक आपसमा ठक्कर खाएको हो। ठक्करबाट तरकारी बोकेको ट्रक सडकबाट १० मिटर तल खस्दा चालक फुयालको घटनास्थालमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सहचालक तनहुँको बन्दीपुर गाउँपालिका–५ का २७ वर्षीय विवेक थापा घाइते भएको प्रहरीले जनाएको छ। घाइते थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक, बोलेरो र चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन् । घटना आज बिहान ३ः१५ बजे भएको हो ।रासस

Skip This
Skip This
Logo