इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई १–० ले पराजित गरेको छ । युनाइटेडको जितमा क्रेइग डावासनको आत्मघाती गोल नै निर्णायक बन्यो ।
जितपछि युनाइटेडले शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याएको छ । युनाइटेडको २९ खेलबाट ५७ अंक पुगेको छ । एक खेल बढी खेलेको म्यानचेस्टर सिटीको ७१ अंक छ । युनाइटेड सिटीभन्दा १४ अंकले पछि छ । पराजित वेस्टह्याम ४८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।





























प्रतिक्रिया