राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक

राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । उनले मंगलबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बाेलाएकी हुन् । 

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीहरुलाई बैठकमा बोलाइएको छ । पूर्वप्रधानमन्त्री र सबै राजनीतिक दलका अध्यक्षलाई पत्र पठाएको राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए।

दलहरूबीच बढ्दै गइरहेकाे असन्तुष्टि र सत्ता समीकरण सङ्घर्षकाबीच राष्ट्रपतिकाे सकृयता बढेकाे हुँदा यसलाई चासाेका साथ हेरिएकाे छ । 

दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरुप राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको आंकलन गरिएको छ।  यसअघि खारेज भएको नेकपाको विवाद पनि राष्ट्रपतिले मध्यस्थता गरेर मिलाएको भन्दै आलोचना भएको थियो।

Logo