प्रतिनिधिसभाको तेस्रो बैठक चैत्र ६ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको तेस्रो बैठक चैत्र ६ गतेसम्मका लागि स्थगित

केन्द्रबिन्दु
0
Shares

सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक चैत ६ गतेसम्मका लागि स्थगित भएको छ । आज दिउसो १ बजे बोलाइएको बैठक संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेसँगै स्थगित भएको हो। 

प्रतिनिधिसभा पुनःस्थापना गत फागुन ११ गते भएपछि आज तेस्रो पटक बैठक बसेको हो । यसअघि गत फागुन २३ र २६ गते बैठक बसेको थियो । ती बैठक पनि स्थगित हुँदै आएका थिए ।

प्रतिनिधिसभाको बैठक सञ्चालन तयारीका लागि सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बसेको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकामा रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुनःस्थापना गर्ने फैसला सुनाएको थियो।

Logo