चालु आर्थिक वर्षको माघ महिनामा मूल्यवृद्धि घटेको छ । उपभोक्ता मुद्रास्फिती अर्थात् मूल्यवृद्धि २.७० प्रतिशतमा सिमित रहेको राष्ट्र बैंकको तथ्याङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा मूल्यवृद्धि ६.८७ प्रतिशत रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा ४.१७ प्रतिशतले घटेको हो ।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिती ३.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिती २.४४ प्रतिशत रहेको छ । ०७६ माघको तुलनामा ०७७ माघमा फलफूल, घ्यू तथा तेल, दाल तथा गेडागुडी र सूर्तिजन्य वस्तुहरु उपसमूहको मूल्यवृद्धि क्रमशः १८.८४ प्रतिशत, १८.१४ प्रतिशत, १०.४१ प्रतिशत र १०.४१ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा २.१२ प्रतिशत, तराईमा २.७८ प्रतिशत, पहाडमा ३.३० प्रतिशत र हिमालमा २.०५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ माघमा यी क्षेत्रहरुमा क्रमशः ७.५८ प्रतिशत, ७.२९ प्रतिशत, ५.४६ प्रतिशत र ५.२८ प्रतिशत मुद्रास्फिती रहेको थियो ।
२०७७ माघमा वार्षिक बिन्दुगत थोक मुद्रास्फिती ६.१२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिती ७.१३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.४१ प्रतिशत, ५.३३ प्रतिशत र ३.३९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.२५ प्रतिशत रहेको छ ।































प्रतिक्रिया