कौडा खेलिरहेका ७ जना पक्राउ

कौडा खेलिरहेका ७ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

ज्वालामुखी गाउँपालिका-२ गैरिगाँउ बस्ने हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका-४ बस्ने ४७ वर्षीय लोक बहादुर भट्टसहित ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी मैदीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख १३ हजार ६५ रुपैयाँ र ३२ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।
 

Skip This
Skip This
Logo