‘केपी ओलीले पार्टीलाई विभाजनमा लैजाने दुष्प्रयास गरे’ : झलनाथ खनाल

‘केपी ओलीले पार्टीलाई विभाजनमा लैजाने दुष्प्रयास गरे’ : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई विभाजनमा लैजाने दुष्प्रयास केपी ओलीले नै गरेको आरोप लगाएका छन् । राजधानीमा आज सुरु भएको नेपाल खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले ओलीले एकलौटी ढंगले निर्णय गरेपछि अहिलेको अवस्था आएको पनि आरोप लगाए । 

पार्टी अध्यक्ष केपी ओलीले पार्टी विधान अनुसार काम नगरे भन्दै ओली सरकार असफल भएको आरोप पनि खनालले लगाए । उनले ओलीले भ्रष्टाचारलाई प्रशय दिने काम गरेको बताए ।

खनालले सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासका लागि कार्यकर्ता भेलाको आयोजना गरिएको प्रष्ट पारे । कार्यकर्ता भेला बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

Logo