साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज ३ सयले बढेको हो ।
यस हप्ता आइतबार सुन प्रतितोला ४ सयले बढेको थियो। सोमबार पनि सोही मूल्यमा कारोबार भएको सुनको मूल्यमा मंगलबार पनि हेरफेर भएन। यस्तै बुधबार ३ सयले बढ्यो भने आज पनि ३ सयले नै बढेको छ ।
सुनको मूल्य अघिल्लो साता लगातार उतारचढाव भएको थियो । आज छापावाला सुन प्रतितोला ८७ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८६ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य भने आज २० रुपैयाँले बढेको छ। चाँदी तोलामा एक हजार २९० मा कारोबार भइरहेको छ।































प्रतिक्रिया