पूर्वी अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटनामा परी नौ जनाको मृत्यु

पूर्वी अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटनामा परी नौ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा नौं जनाको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ।

बुधबार राती वार्दाक प्रान्तको बिहसुद जिल्लामा सो दुर्घटना भएको थियो। दुर्घटनामा परी चारजना चालक दलका सदस्य र पाँच अफगान राष्ट्रिय सेनाको मृत्यु भएको मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ।

सेनाले दुर्घटनाको विषयमा अनुसन्धान गरिरहेको र सत्यतथ्य विवरणहरू बाहिर आएपछि जारी गर्ने पनि विज्ञप्तिमा जनाइएको छ। गत नोभेम्बरमा पूर्वी प्रान्त नान्नगाहरमा सेना हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा अफगान वायु सेनाका दश सदस्यको मृत्यु भएको हो। रासस

Skip This
Skip This
Logo