बिहीबार शेयर बजार परिसूचक नेप्से करिब ४३ अंकले वृद्धि भएको छ। नेप्से ४२.९५ अंकले बढेर २४७५ अंकमा पुगेको छ।
आज कारोबार रकममा पनि सुधार आएको छ। बुधबार ४ अर्ब हाराहारीमा भएको कारोबार आज ४ अर्ब ६६ करोड रुपैयाँ पुगेको हो । आज ब्यापार समूह ३९ अंकले घटेको छ यस बाहेकका सबै समूह बढेका छन्।
बैंकिङ २६, होटल तथा पर्यटन ११२, विकास बैंक २४, जीवन बीमा ४१५, जलविद्युत ३, फाइनाइन्स १४, निर्जीवन बीमा १९१, उत्पादन १६२, अन्य ४१, माइक्रोफाइनान्स १०२ र लगानी समूह १ अंकले बढेको छ।
आज ४ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। ग्रिनलाइफ हाइड्रोपावर, युनाइटेड इदी मर्दी, चन्द्रागिरि हिल्स र नेपाल बंगलादेश बैंकको मूल्य १० प्रतिशतले बढेको हो।































प्रतिक्रिया