आजदेखि सिंगटी हाइड्रोको आईपीओ खुल्यो

आजदेखि सिंगटी हाइड्रोको आईपीओ खुल्यो

केन्द्रबिन्दु
0
Shares

सर्वसाधारणको लागि आज शुक्रबारदेखि सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले बिक्रीमा ल्याएको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आजदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गर्नेछ । जसमध्येमा २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणको लागि र बाँकी २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।

कम्पनिले बिक्री खुल्ला गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । बिक्री प्रबन्धकको रुपमा मेगा क्यापिटल रहेको छ 

Logo