इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा ग्रीसको ओलम्पियाकोससँग १-० ले पराजित भए पनि आर्सनलले अन्तिम आठको यात्रा तय गरेको हो ।
घरेलु मैदानमा हारको बाबजुत आर्सनल समग्रमा ३-२ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा आर्सनलले ३-१ गोलको फराकिलो जित निकालेको थियो ।
अरबीले ५१ औं मिनेटमा गोल गरेका थिए । तर, उक्त गोलले ओलम्पियाकोसलाई अर्को चरणमा भने पुर्याउन सकेन ।































प्रतिक्रिया