नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल

नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल

केन्द्रबिन्दु
0
Shares

नेपाल टेलिभिजनको महाप्रवन्धकमा फूलमान बल नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषदको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो ।

प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो । यसअघिका महाप्रवन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो । 

काभ्रेपलाञ्चोकका फूलमान पत्रकारिता तथा साहित्य र चलचित्र निर्देशनमा समेत संलग्न छन् । उनी नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी आवद्ध छन्।

Skip This
Skip This
Logo