‘सरकारले मुद्दा हारेको भएपनि सर्वोच्चको फैसला मान्य’ : प्रदीप ज्ञवाली

‘सरकारले मुद्दा हारेको भएपनि सर्वोच्चको फैसला मान्य’ : प्रदीप ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको आजको बैठकमा दलका नेताहरूले बोल्ने क्रम सुरु भएको छ ।

बैठकमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले मुद्दा हारेको भएपनि सर्वोच्चको फैसला मान्य हुने बताएका छन् । उनले सरकारले विद्रोहीहरुलाई शान्तिपूर्ण बाटोमा ल्याएको बताउँदै अब देशले हिंसाबाट मुक्ति पाएको बताए । 

सकारात्मक काम र कुरा सुन्न सक्ने क्षमता कमै व्यक्तिमा हुने रहेछ भन्दै ज्ञवालीले देशले अल्पविकसितको ट्याग हटाउन सफल भएको बताए । सरकारले गरेका विकास निर्माणका डाटा केलाउँदै ज्ञवालीले यति हुँदा हुँदै पनि सरकारले कतै लड्डु र केक काटेर नकाटेको भन्दै व्यंग्यात्मक टिप्पणी पनि गरेका छन् ।

Logo