प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अरुले सुरुवात गरेका योजना पुरा गरेर भइसकेका कामलाई देखाएर जनतामा भ्रम छर्ने काम सरकारबाट भएको आरोप लगाएका छन् । शुक्रबार भएको प्रतिनिधिसभाको बैठकमा बोल्दै खाँणले राम्रो कामको सुरुवात गरेका अग्रजलाई सरकारले सम्मान दिन नसकेको गुनासो समेत गरे ।
उनले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्नस्थापना गर्ने सर्वाेच्च अदालतको आदेशसँगै नैतिक उत्तरदायित्व लिएर सरकार गठनको मार्गप्रशस्त गरिदिनुपर्ने बताए । उनले त्यस कार्यतर्फ सदनको ध्यान जानुपर्ने धारणा पनि राखे ।
उनले संविधानको जगमा नै बनेको सरकार भएकाले संसदको गतिविधिलाई गतिशिल बनाउने र सम्मान गर्ने दायित्व सरकारको पनि भएको बताए । तर सरकार बनेदेखि नै वर्तमान सरकारले निरन्तर संविधानमाथि प्रहार गर्ने काम गरेको उनको दाबी छ ।





























प्रतिक्रिया