केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभामा सांसदहरुद्वारा प्रधानमन्त्रीको राजीनामा माग (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभामा सांसदहरुद्वारा प्रधानमन्त्रीको राजीनामा माग (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये शुक्रबार भएको पुनर्स्थापित प्रतिनिधिसभाको चौथो बैठकमा सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरेका छन्। बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद पम्फा भुसाल, नेपाली कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँण, जनमोर्चा नेपालकी सांसद दुर्गा पौडेल लगायतले सरकारले संसद सञ्चालनको लागि एजेण्डा नदिएको भन्दै प्रधानमन्त्री ओलीले राजीनामा दिनु पर्ने माग गरे। यद्यपि परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले भने संसदमा सरकारको बचाउमा आफ्नो समय खर्चिएका थिए।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अब राजनीतिमा फर्किने बताएका छन् । शुक्रबार प्रधानमन्त्रीलाई पदबाट राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गर्दै उनले आफ्नो राजीनामा र त्यसपछिको आगामी कार्यदिशाका बारेमा जानकारी दिएका हुन् । यस्तै उनको राजीनामासँगै सरकारले महान्यायाधिवक्ताका लागि रमेश बडाललाई शुक्रबार नै सिफारिस गरिसकेको छ। 

फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः सुरु भएको छ। युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः सुरु गर्न युरोपेली मुलुकहरु समक्ष आग्रह गरेको थियो। रगत जम्ने सम्भावित आशंकालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका थिए। त्यस्तै अमेरिकामा पनि दश करोडले खोप लगाइसकेका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । 

नेपाल सरकार र विश्व बैंकबीच ‘समृद्धिका लागि वन’ आयोजनाका लागि २ अर्ब ८० करोड रुपैँयाँ बराबरको ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरको हुन्।

मेलम्चीको पानीले तिर्खा मेट्ने काठमाडौंवासीको चाहना यही महिनामा पूरा हुने भएको छ। यसका लागि सिन्धुपाल्चोकको अम्बाथानबाट सुन्दरीजलसम्म साढे २६ किलोमिटर सुरुङ परीक्षण भइसकेको छ। सुन्दरीजलमा १७ करोड लिटर क्षमताका दुई ठूला प्रशोधन केन्द्र छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार प्रशोधित पानी १० ठाउँमा रहेका पानीट्यांकीमा पठाइनेछ।

Skip This
Skip This
Logo