नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ । साढे १० बजेदेखि बैठक सुरु भएको हो। आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी छन् । नेपाल-खनाल समूहले भने आजको बैठकमा पनि सहभागिता जनाएको छैन ।
पार्टीभित्र विवाद बढ्दै गएकाले ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन्।
सूर्य चिह्नबाट चुनाव लडेका सबै सांसदलाई बैठकमा बोलाइएको एमालेले जनाएको छ । आज बस्ने संसदीय दलको बैठकबाट कार्यदलले पेस गर्ने विधान पारित गर्ने तयारी छ।
संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । सो बैठकले विधान अनुमोदन गर्नेछ । संसदीय दलको बैठक बिहीबार पनि बसेको थियो। सो बैठकमा नेपाल-खनाल समूह भने उपस्थित भएका थिएनन्। आजको बैठकमा पनि उनीहरुको उपस्थिती छैन।





























प्रतिक्रिया