‘प्रतिनिधिसभाले अब विस्तारै लय समात्नेछ’ : सभामुख सापकोटा

‘प्रतिनिधिसभाले अब विस्तारै लय समात्नेछ’ : सभामुख सापकोटा

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले विस्तारै लय समात्ने बताएका छन्।

शनिबार जीपी. कोइराला मेमोरियल (सामुदायिक) कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । संसद छलफल, बहस, वादविवाद र सम्वाद हुँदै अघि बढ्ने भन्दै उनले चुनौतीहरुको सामना गर्न प्रतिकुलतामा पनि अनुकुलता खोज्ने उपायहरु खोजिरहेको बताए। संसदको अनेकौं चुनौतीहरुको सामना गर्दै गुणस्तरीय कानून निर्माणको लागि प्रयत्न गरिरहेको पनि उनको भनाइ छ । 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले राजनीतिक पार्टीहरु बीच सहमति र सहकार्य हुन नसकेको भन्दै सहमति साथ मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजानु आवश्यक रहेको बताए। उनले भने –‘मुलुक तरलताको अवस्थामा छ। अझैपनि राजनीतिक पार्टीमा सहमति, सहकार्य र एकता हुन सकेको छैन। मुलुकलाई समृद्धितर्फ, राजनीतिक स्थिरतातर्फ लगेर जान आवश्यक छ।’ सांसद प्रधानले राजनीतिक सहमति नभए मुलुकमा अस्थिरता हुनाले देशमा विकास र शान्ति नहुने पनि बताए।

Logo