सिंगटीको साधारण शेयरमा ५.२३ गुणा बढी माग

सिंगटीको साधारण शेयरमा ५.२३ गुणा बढी माग

केन्द्रबिन्दु
0
Shares

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको साधारण शेयरमा सर्वसाधारणको उच्च आकर्षण देखिएको छ। 

कम्पनिले जनाए अनुसार आइतबार साँझ पाँच बजेसम्म ८ लाख ७९ हजार ७१० वटा आवेदनबाट १ करोड ३८ लाख ११ हजार ६४० कित्ता शेयर माग भएको छ।

२६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरेकोमा आइतबारसम्ममा ५.२३ गुणा बढी माग परेको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार मंगलबारसम्म १५ लाख बढी आवेदन पर्ने आंकलन गरिएको छ ।

कम्पनीले चैत्र ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीको आइपीओमा लगानीकर्ताले चैत १० गतेसम्म आवेदन दिन सक्नेछन्।

Skip This
Skip This
Logo