आजदेखि गैँडा गणना सुरु

आजदेखि गैँडा गणना सुरु

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय गैँडा गणना अभियान आजदेखि सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजकत्वमा गैँडा गणना सुरु भएको हो ।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लकमा राखेर गणनाका लागि सोमबार बिहानदेखि प्राविधिकसहितको टोली हात्तीमा परिचालित भएको विभागले जनाएकाे छ । गणनाका लागि पर्साको प्रतापपुरबाट बिहान हात्तीहरु परिचालन भएका हुन् ।

चितवनमा र पर्सा राष्ट्रिय निकुञ्जमा गैँडा गणनाका लागि तीन हप्ता लाग्ने अनुमान गरिएको छ । यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चैत १९ गतेदेखि गणना थालिनले विभागले जनाएको छ । गैँडा गणनाका लागि राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका गरि ५६ वटा हात्तीहरु प्रयोग हुने छन् ।

नेपालमा हरेक पाँच वर्षमा गैँडा गणना गरिन्छ । गणनाको औपचारिक कार्यक्रम भने चिवतनको सौराहमा बिहान साढे १० बजेपछि वनमन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यतामा हुनेछ ।

Logo