मकवानपुरकाे राक्सिराङ गाउँपालिका-५ कुत्तासिंहस्थित गिर्खे खोलाको बगरबाट करिब २० किलो अवैध लागूऔषध गाँजासहित कैलाश गाउँपालिका-२ माझटोल बस्ने १७ वर्षीय किशोरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ २ जना व्यक्तिहरू झोला छोडेर भाग्नेक्रममा ती किशोरलाई नियन्त्रणमा लिई झोला जाँच गर्दा उक्त लागूऔषध फेला परेको हो । अर्का फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।





























प्रतिक्रिया