नविन र अल्बिनको स्वरमा नयाँ गीत ‘एकैछिन हाँसिदेउ’ सार्वजनिक (भिडियो)

नविन र अल्बिनको स्वरमा नयाँ गीत ‘एकैछिन हाँसिदेउ’ सार्वजनिक (भिडियो)

केन्द्रबिन्दु
0
Shares

गायकद्वय नविन कटुवाल र अल्बिन मगरको संयुक्त स्वरमा नयाँ गीत ‘एकैछिन हाँसिदेउ’ सार्वजनिक गरिएको छ।

डान्सिङ बिटको ‘पप’ जनरामा तयार गीतमा अल्बिन मगरकै शब्द तथा संगीत सुन्न सकिन्छ। यस्तै गीतमा अल्मोडा रानाले एरेञ्ज गरेका छन्।

सुमन सिङ्गधन लामाले निर्देशन गरेको म्युजिक भिडियोमा एलिशा शर्मा र सागर परियारलाई देख्न सकिन्छ। भिडियोलाई अतिश जैरोले कोरियोग्राफी गरेका हुन्। 

मगर पुन म्युजिक प्रा.लि.को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा अनिल के मानन्धरको छायांकन, शिलन लम्सालको सम्पादन तथा रंग संयोजन र दिप्सन परियारको श्रृंगार रहेको छ।

यस म्युजिक भिडियोलाई एक्स–डिक्याम मोसन पिक्चर्सले तयार पारेको हो। गीतको भिडियो :

 

Skip This
Skip This
Logo