राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदुत शाहबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदुत शाहबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहसँग शिष्टचार भेटवार्ता गरेका छन् । 

सोमबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा नेपालका लागि नवनियुक्त राजदूत हैदर शाहले भेटवार्ता गरको हुन् । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालका लागि राजदूतमा नियुक्त भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे । नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै उनले दक्षिण एसियाली छिमेकी मुलुक भएकाले दुई देशबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा नजिकबाट सहकार्य हुँदै आएको बताए । 

भेटमा तिमिल्सिनाले दुई देशको सरकार र संसदबीचको सम्बन्धलाई अझ मजबुद र फलदायी बनाउन नवनियुक्त राजदूतको कार्यकाल सफल हुने विश्वास व्यक्त गरे । भेटवार्तामा राजदूत शाहले दुई देशको संसदीय सहकार्यलाई बढाउनका लागि छिट्टै भ्रमण तथा अनुभव आदन–प्रदान हुने विश्वास व्यक्त गरे । भेटका क्रममा राजदूत हैदर शाहले नेपाल र पाकिस्तानबीच गहिरो मित्रवत सम्बन्ध रहेको उल्लेख गर्दै सम्बन्धलाई अझ मजबुद बनाउन आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Logo