साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ३ सयले घटेको हो। आइतबार ५ सयले बढेको सुन सोमबार २ सयले घटेको थियो।
सुनको मूल्यमा अघिल्लो साता लगातार उतारचढाव भएको थियो । आज छापावाला सुनको प्रतितोला ८६ हजार ७ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८६ हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेको छ। चाँदी तोलामा एक हजार २५० मा कारोबार भइरहेको छ।































प्रतिक्रिया