कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी गरिएको छैनः देउवा

कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी गरिएको छैनः देउवा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग  कुरा गर्दै उनले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते नगरेको स्पष्ट पारे ।
 
सभापति देउवाले भने, ‘हाम्रो पार्टी प्रतिपक्षी भएकाले वर्तमान सरकारमा सहभागी हुँदैन, जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्न आदेश दिएकाले सोहीअनुसार सशक्त भूमिका निर्वाह गर्नेछ ।’

एक प्रश्नका जवाफमा पूर्वप्रधानमन्त्री देउवाले वर्तमान सरकार विरुद्ध आफ्नो दलले अविश्वास प्रस्ताव ल्याउने सम्बन्धमा आफूलाई थाहा नभएको बताउँदै अन्य दलले कहिले ल्याउने हो भन्नेबारे सम्बन्धित दलका नेतालाई नै सोध्न सल्लाह दिए । नेता देउवा सुनसरी, धरानको एक कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका हुन् ।

Logo