नेपालमा आज १८८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज १८८ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ जना पुगेको छ। आज १८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार १२८ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ९७ पुगेको छ। 

पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ। नेपालमा हालसम्म २२ लाख ४५ हजार ३० जनाको पीसीआर परीक्षण गरिएको छ।

Logo