१९ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा नेपालगंज उपमहानगरपालिका-२० राँझा बस्ने हुम्ला सर्केगाड गाउँपालिका-१ घर भएका २४ वर्षीय मीमबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
घरबाट भ्रमणमा जाने वाहनामा गत मंसिर ५ गते वैजनाथ गाउँपालिका-१ स्थित गाभर भ्यालीको होम स्टेभित्र लगि ती किशोरीलाई जुसमा लागूऔषध नाईट्राजेपाम मिसाई खुवाएर वेहोस बनाई बलात्कार गरी फरार रहेका मिम बहादुरलाई जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो काठमाडौं समेतबाट खटिएको प्रहरीले काठमाडौं हाडीगाउँबाट फेला पारी पक्राउ गरेको हो ।
साथै उनको साथबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १४ ट्याब्लेट र इबुप्रोफेन १ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।





























प्रतिक्रिया