स्पेन र ग्रिसबीचकाे खेल बराबरीमा रोकियो

स्पेन र ग्रिसबीचकाे खेल बराबरीमा रोकियो

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा स्पेन बराबरीमा रोकिएको छ ।

बिहीबार राति भएको खेलमा स्पेन ग्रिससँग १-१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेन बराबरीमा रोकिएको हो ।

खेलको ३३ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, खेलको ५७ औं मिनेटमा अनास्टासिओस बाकासेटासले पेनाल्टीमा गोल गर्दै ग्रिसलाई हारबाट जोगाए ।

यस बराबरीसँगै समूह 'बी' को स्पेन र ग्रिसले एक एक अंक जोडेका छन् ।

 

Logo