आजका लागि बोलाइएको नेकपा (एमाले) नेपाल-खनालसमूहको केन्द्रीय कमिटी बैठक जारी छ। कलंकीस्थित मेघा पार्टी प्यालेसमा बैठक भइरहेको हो।
गत ७ चैतको एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
पार्टीको विवाद र ४ जना नेताहरुलाई प्रधानमन्त्री ओलीले सोधेको स्पष्टीकरणबारे छलफल गर्न आजको बैठक बोलाइएको हो। स्पष्टीकरण सोधिएका मध्ये माधव नेपाल र भीम रावलले भने बिहीबार नै स्पष्टीकरण बुझाएका छन् ।
यस अघि राजधानीमा आयोजित एक कार्यक्रममा नेता नेपालले ओलीले सोधेको स्पष्टीकरणसँग कुनै सम्झौता नगर्ने बताएका थिए। आजको केन्द्रीय कमिटी बैठकपछि नेपाल खनाल समूहले सांसदहरूसँग पनि परामर्श गर्ने जनाएको छ।





























प्रतिक्रिया