मल कारखाना खोल्ने प्रस्ताव मन्त्रीपरिषद्वारा स्वीकृत

मल कारखाना खोल्ने प्रस्ताव मन्त्रीपरिषद्वारा स्वीकृत

केन्द्रबिन्दु
0
Shares

सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रीपरिषद्वारा स्वीकृत गरेको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको हो ।

वर्षेनी रासायनिक मलको अभावमा नेपाली किसानहरुले भोग्दै आएको समस्याको दीर्घकालिन समाधानका निम्ती सरकारले मल कारखाना स्थापना गर्न लागेको कृषिमन्त्री अर्यालले जानकारी दिइन् । ‘मलको तत्कालीन समस्या समाधान हामीले गरिसकेका छौं, मलको दिर्घकालिन समस्या समाधान गर्ने हेतुले सरकारले मल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडी बढाएको हो’, मन्त्री अर्यालले भनिन्, ‘यस वर्ष मलको अभावमा किसानहरु छटपटाउनुपर्ने छैन भने उत्पादनमा कमी आउने छैन । मध्यकालिन समस्या समाधानका निम्ती प्रक्रिया अगाडी बढाएका छौ ।’

बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन, २०७७ स्वीकृत गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई रासायनिक मल कारखाना स्थापना गर्नका निम्ती प्रक्रिया अगाडी बढाउन स्वीकृती प्रदान गरेको हो ।

सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडालिटिमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आवश्यक पर्ने कार्यविधी तयार गरी लागू गर्न तथा रासायनीक मल कारखानाको पूर्वाधार निर्माण कार्य गर्न लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ । 

Skip This
Skip This
Logo